प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

माघ २, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालीका लागि चिनियाँ राजदूत चेन सोङबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटार पुगेर नेपालका लागि नवनियुक्त राजदूत सोङले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

उक्त भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्री दाहाललाई पठाइएको बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । साथै भेटमा नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ चीन साथमा रहने राजदूत सोङले बताएका थिए ।

प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिँदै चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement