गोरखाको ठूलोआँगनमा पृथ्वीनारायणको सालिक, निर्माणमा २१ लाख लाग्यो

पुस २७, २०७९ |भीमलाल श्रेष्ठ
गोरखाको ठूलोआँगनमा पृथ्वीनारायणको सालिक, निर्माणमा २१ लाख लाग्यो

गोरखा । गोरखामा स्थापना गरिएको पृथ्वीनारायण शाहको राखिएको पृथ्वीनारायण शाहको सालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरेका छन् । पृथ्वीजयन्तीकै अवसरमा आयोजित शालिक अनावरण कार्यक्रममा उनले पुर्खाहरुको गौरवपूर्ण योगदानका कारण नेपाल सधैं स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा रहेको बताए ।

सालिक अनावरण कार्यक्रममा नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतको उपस्थिति थियो । गोरखा नगरपालिकाले वडा नम्बर ६ ठूलोआँगनमा करिब २१ लाख रुपैयाँमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्चको पूर्णकदको शालिकसहित नेपालको नक्सा अंकित मनोग्राम र झन्डा स्थापना गरेको छ । अबदेखि नेपाली सेनाले हरेक दिन सूर्योदय र सूर्यास्तमा सलामी दिने भएको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement