बेलौरीमा पनि पृथ्वी जयन्ती

पुस २७, २०७९ |हरिश्चन्द्र बाग
बेलौरीमा पनि पृथ्वी जयन्ती

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समितिका अध्यक्ष टेकबहादुर साउदको अध्यक्षतामा बेलौरी बजारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, विभिन्न जातजाति, समुदाय, विद्यालयलगायतको सहभागितामा झाँकीसहित प्रभातफेरी गरी बुधबार बेलौरी बाल उद्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण, विभिन्न जातजाति, समुदायका एकता झाँकीद्वारा बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरु, केही सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू राखिएको थियो ।

यसैबीच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा बेलौरीमा रहेको सामुदायिक अस्पताल इशान मेमोरियल अस्पतालले १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूको निःशुल्क रक्त समूह परीक्षण शिविर सञ्चालन गरिएको छ । एक दिनका लागि विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क ओपीडी सेवा तथा अन्य सेवामा ५० प्रतिशत छुटसमेत दिइएको अस्पतालका अध्यक्ष आईजंग कुँवरले जानकारी दिए ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement