नेपाल आइपुगे चिनियाँ राजदूत सोङ

पुस २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाल आइपुगे चिनियाँ राजदूत सोङ

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ काठमाडौं आइपुगेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर स्वदेश फर्केको झन्डै साढे तीन महिनापछि सोङ आज आइतबार नेपालमा नयाँ चिनियाँ रजदूतका रुपमा काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यान्छी गत कात्तिक ८ मा आफनो कार्यकाल सकेर स्वदेश फर्किएकी थिइन् । उनी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।

त्यसपछि यो तीन महिना नेपालमा कार्यवाहकले जिम्मेवारी सम्हालिरहेका थिए ।

चीनले नयाँ राजदूतका रुपमा सोङलाई नियुक्त गरेको केही अगाडि नै भए पनि उनी आइतबार मात्रै काठमाडौं आइपुगेका हुन् । सोङ १२ पुसमा काठमाडौं आउने तालिका थियो । तर स्वास्थ्यमा समस्या देखापरेपछि निर्धारित समयभन्दा ढिलो गरी आएका हुन् ।

काठमाडौं आए पनि उनी केही दिन सार्वजनिक कार्यक्रममा देखिने छैनन् । उनी केही दिन काठमाडौं आएपछि क्वारेन्टिनमा बस्ने र त्यसपछि राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर मात्रै सार्वजनिक कार्यक्रममा निस्कनेछन् । उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् ।

सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् । उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement