आर्थिक हिनामिनाको आरोप लागेका उपरथी शाही सैनिक हिरासतमा

पुस १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
आर्थिक हिनामिनाको आरोप लागेका उपरथी शाही सैनिक हिरासतमा

काठमाडौं । आर्थिक हिनामिनाको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक हिरासतमा लिइएको छ । उनलाई सेनाको आर्थिक हिनामिनासम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार सैनिक हिरासतमा लिइएको सैनिक स्रोतले जनाएको छ ।

उमेर हदका कारण पुस १५ गते नै अवकाशपत्र लिइसकेका शाहीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । उमेरहदका कारण उनी भोलि (पुस १०) बाट नियमित अवकाशमा जाँदै थिए । आर्थिक हिनामिना कसुरमा अनुसन्धानका लागि उनलाई सैनिक मुख्यालयमै नियन्त्रणमा राखिएको सैनिक स्रोतको दाबी छ ।

आफ्नो वास्तविक उमेरभन्दा एक वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध शाही सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए । त्यसपछि उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेर अनुसन्धान थालेको हो ।

आर्थिक अनुशासनको विषयमा छानबिनका लागि शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले जानकारी दिए । उपरथी शाहीको आजै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement