सरकारलाई राप्रपाको सर्तैसर्त : भन्यो- एकता दिवस मनाउनुपर्छ, बिदा पनि दिनुपर्छ

पुस १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई राप्रपाको सर्तैसर्त : भन्यो- एकता दिवस मनाउनुपर्छ, बिदा पनि दिनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्तसहित सरकार सहभागी हुने जनाएको छ ।

राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारलाई समर्थन गरेका राजनीतिक दलका बीच न्युनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सरकारमा सहभागी हुन राप्रपाले मन्त्रिपरिषद्का निर्णयसमेत अख्तियार दुरुपयोग अनुसन्धानको छानबिनको दायरामा ल्याउनुपर्ने, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा सेवाग्राहीलाई बिना झन्झट सेवा प्रवाह गर्नुपर्ने सर्त अघि सारेको छ । त्यसैगरी, राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकताको दिवस मनाउनु पर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त पनि अघि सारेको छ ।

संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ । तर सरकारमा सहभागी भएको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.