
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा दुई महिनादेखि सुख्खा पहिरो बग्न थालेपछि मार्तडी-कोल्टी सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
बडीमालिका नगरपालिका-७ को जिल्ली गाउँभन्दा माथिबाट निरन्तररुपमा सुख्खा पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।
सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसम्म आवतजावत गर्ने सवारी साधान र सयौं यात्रुलाई समस्या भएको छ । कार्तिक पहिलो साताबाट सुख्खा पहिरो बग्न थालेपछि जिल्लाका स्थानीयसमेत त्रसित छन् ।
सुख्खा पहिरो निरन्तर खसिरहेका कारण सडकको पहिरो हटाउन समस्या भएको बडीमालिका नगरपालिकाले जनाएको छ । सुख्खा पहिरोका कारण अवरुद्ध सडक खुलाउन जेसीबी चौबिसै घण्टा तयारी अवस्थामा राख्नु पर्ने अवस्था छ ।
पोहिरोका कारण पूर्वी उत्तरी भेगको कोल्टीका लागि संचालन हुने सवारी साधन दैनिक दुई घण्टाभन्दा बढी रोकिनुपर्ने बाध्यता रहेको छ ।