पाल्पाको रैनादेवी छहरा गाउँपालिका अन्तर्गत सिंगो मुझुङ गाउँका किसान बैमौसमी गोलभेडा खेतीमा जुटेका छन् । झण्डै सयभन्दा बढी किसान मौसमी र बेमौसमी तरकारी खेती गरेर वार्षिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गाउँमा भित्र्याउन सफल छन् ।
साउनको पहिलो सातादेखि पाल्पाको रैनादेवी छहरा गाउापालिका-५, मुझुङका किसान बिहान उठेदेखि बेलुकी अध्याारो नहुन्जेल तरकारीका साथै गोलभेाडा बजार पठाउन व्यस्त छन् । बारीमा टिप्ने, क्यारेटमा राख्ने, टोलटोलबाट संकलन गर्ने र बाहिर बजार पठाउन ट्रकमा राख्न पर्ने भएकाले कसैलाई फुर्सद छैन । ताजा गोलभेाडा बजारमा भोलिपल्ट बिहानै उपभोक्ताले पाउन् भनेर उनीहरु चर्को घाम, झरी नभनेर काममा व्यस्त हुन्छन् । तानसेन र बुटवल बजारमा मात्र होइन यहााका गोलभेाडा पोखरा र चितवनसम्म पुग्छन् ।
मुझुङ कृषि सहकारी संस्थाले किसानलाई व्यवसायिक बनाउने र अर्थोपार्जनमा अगाडी बढाउन सुरुमै लगानी गर्छ । उत्पादन भएका तरकारी र गोलभेाडा सहकारीले नै बजार व्यवस्थापन गर्ने भएकाले पनि किसानलाई हौसला मिलेको छ । अहिले मुझुङ गाउामा सहकारीमार्फत् २ लाख १० हजार र सहकारीबाहिर १ लाख केजीभन्दा बढी एक सिजनमा गोलभेाडा उत्पादन हुन्छन् । वर्षमा तीन बालीसम्म हुन्छ । बीउबिजन, विषादीमा अनुदान, बजारको सुनश्चितता र उत्पादनमा आधारित अनुदान दिने हो भने व्यवसायिक तरकारी खेती गर्ने वातावरण थप मौलाउने निश्चित छ ।