घरेलु मदिराले बारामा घरेलु हिंसा बढायो

भाद्र २९, २०७९
 घरेलु मदिराले बारामा घरेलु हिंसा बढायो

बारा कलैया ८ देविगंजका मुन्नी देवी श्रीमानले दिनहुा घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि न्याय माग्दै जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालीका सेवाकेन्द्रमा पुगिन् । प्रहरीको प्रयासमा अहिले उनको दैनिकी केही सहज भएको छ । 

तीन-चार महिना देखी मेरो श्रीमान दैनीक रक्सी खाएर मलाई कुटपिट गर्छन् । उनको यातना सह्न नसकेर प्रहरीमा उजुरी गरेको छु ।

यो त उदाहरण मात्रै हो बारामा पछिल्लो समय मदिराका कारण घरेलु हिंसा, महिला हिंसा तथा सडक दुर्घट्ना पनि बढेका छन् । आर्थिक वर्ष ०७६-०७७ देखि तीन वर्षको अवधिमा दुई हजार ४ सय २२ वटा घरेलु हिंसाका उजुरीहरु परेको प्रहरीको तथ्यांकले देखाएको छ । जसमा बढीभन्दा बढी घटना मदिराका कारण भएको अधिकारकर्मीहरु बताउाछन् ।

सबै ठाउामा पाइने मदिराको कारण घरेलु हिंसा बढेकाले त्यस्ता अवैद्य मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न बारा प्रहरीले विशेष अभियान चलाएको छ । अभियान अन्तर्गत अवैद्य मदिरा भट्टी तोडफोड गर्नुका साथै मदिरा नष्ट गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुई महिनाको अवधिमा दुई लाख लिटर तयार मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ ।

घरेलु मदिराले तराईका गाउाहरुमा घरेलु हिंसा बढेको प्रहरीको तथ्याङकले देखाउाछ ।  जहा पनि पाईने मदिरा विक्रीवितरण रोक्न प्रहरीले बढाएको सक्रियतामा स्थानीयको सहयोग पनि अपरिहार्य छ ।