बाजुराका ९५ वस्ती बाढी र पहिरोको जोखिममा

भाद्र २६, २०७९
बाजुराका ९५ वस्ती बाढी र पहिरोको जोखिममा

बाजुरामा बाढी र पहिरोमा पन्चानब्बे बस्ती बढी उच्च जोखिममा  छन् । बाढी र पहिरोको उच्च जोखिममा रहेका वस्तीलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने लक्ष्य लिएपनि त्यो लागू हुन सकेको छैन ।

    

बाजुराको बडीमालिका नगरपालिका-७ जिल्लीका दुई सयभन्दा बढी परिवार पहिरोको उच्च जोखिममा छन् । अविरल वषर्ाका कारण वस्ती तलमाथिबाट पहिरो बग्न थालेपछि जिल्लाका दुई सय परिवार पहिरोको चपेटामा परेका हुन् । वषर्ाका कारण जिल्लीका विभिन्न स्थानमा गएको पहिरोले अघिल्लो वर्षभन्दा यस वर्ष धेरै क्षति गरेको छ । तलगाउ, भुगाडीपाटा, माथि गााउ लगायतका क्षेत्रमा अहिले पनि पहिरो बगिएरहेको छ । पुरै गााउमा पहिरो बग्न थालेपछि त्यहााका स्थानीयहरु रातभरी जाग्राम बस्न बाध्य छन् । जिल्लीका स्थानीयलाई अन्य ठााउमा बस्ने जग्गा छैन् । सधै बषर्ायाममा जिल्ली वस्तीका स्थानीयले डर त्रासमै रात कटाउने गरेका छन् । 

गाँउभन्दा तल मार्तडी-कोल्टी सडक खण्ड र गाउा भन्दा माथि कृषि सडक छ । बीचमा जिल्ली गाउा छ । पहिरोका कारण त्यहााका स्थानीयहरुलाई आवतजावत गर्न पनि समस्या छ । पहिरोले कृषकले लगाएको धान,कोदो लगायतको अन्य बालीसमेत बगाएर सखाप पारेको छ । सुददूरपश्चिम प्रदेश सरकारले अधिल्लो आर्थिक वर्षमा जिल्लीको पहिरो रोकथामका लागि तटबन्धन गर्न ६५ लाख बजेट विनियोजन गरेको थियो ।  जिल्लीको पहिरो रोकथाम गर्न तारजालीको तटबन्धन गरेको भएपनि गएको वर्ष पहिरोले बगाएको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका वस्तीलाई स्थानीय सरकारले स्थानान्तरण गर्न पहल गर्न जरुरी छ ।