पश्चिमको मुख्य नाका नेपालगञ्जबाट मिलेमतोमा चिनी तस्करी हुने गरेको खुलासा

असार १४, २०७९
पश्चिमको मुख्य नाका नेपालगञ्जबाट मिलेमतोमा चिनी तस्करी हुने गरेको खुलासा

ठूला व्यापारीले भाडामा लिएर सन्चालन गर्दै आएको यो  नन्दनी खाद्य उद्योगको गोदाममा असार ९ गते ५ सय २० बोरा चिनी फेला पर्‍यो । धान चामल र जडिबुुटी भण्डारण गरिने गोदाममा फेला परेको चिनी प्रहरीले भोलिपल्टै भन्सार कार्यालयलाई बुझायो । भन्सारले पनि चिनी तस्करीमा संलग्नको खोजी नगरी लिलाम गरिदिादा राजस्व छल्ने व्यापारीले सहजी उन्मुक्ति पाएका छन् । तस्करीको चिनी फेला पर्ने तर यसमा संलग्न व्यक्ति फेला पर्नु नसक्नुको कारण के हो त ?

 

जिल्ला प्रहरी कार्यालय र नेपालगन्ज वडा प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा नन्दनी खाद्य उद्योगको गोदाममा छापा मारेको थियो । चिनी भण्डारण गरेको थाहा पाउने प्रहरीले व्यक्ति भने पत्ता लगाउन सकेन । यसले पनि भन्सार, प्रहरी र व्यापारीबीच मिलेमतो भएको हो कि भन्ने आशंका जन्माएको छ । त्यसो त वैशाखदेखि अहिलेसम्म नेपालगन्जमा २४ लाख ८२ हजार ५ सय रुपैयाा बराबरको अबैध चिनी फेला परेको छ ।  त्यसमध्येकै नेपालगन्जबाट सुर्खेत लैजाादै गर्दा ८१ ब्ाोरा अबैध चिनी अस्थायी प्रहरी पोष्ट बबईले नियन्त्रणमा लिई असार ५ गते भन्सारलाई बुझाएको थियो । तर यहाा पनि अवैध धन्धामा संलग्न पक्राउ पर्न सकेनन् । 

विशेष गरेर प्रदेश प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएसागै सिमावर्ती क्षेत्र र मुख्य नाकामा रहेका प्रहरी चौकीका इन्चार्ज पनि परिवर्तन गर्ने परम्परा छ । यही मौकाको फाइदा उठाउादै तस्करहरु सल्वलाउने गरेको पाइन्छ ।

Enter Kantipur TV HD
Advertisement