भूकम्पले क्षतिग्रस्त विद्यालयका भवन अझै बनेनन्

पुस २४, २०७८
भूकम्पले क्षतिग्रस्त विद्यालयका भवन अझै बनेनन्

काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ मा रहेको बिहावर आधारभूत विद्यालयको यो नयाा भवन गत असारमै बनिसकेको हो । विद्यालयले यही भवनमा अहिले कक्षा सञ्चालन गरिरहेको छ । असारमै बनिसके पनि यो विद्यालयले अहिलेसम्म पूरा भुक्तानी पाएको छैन । भुक्तानीमा ढिलाई भएर भवन निर्माण अलपत्र हुादा विद्यालयका प्रधानाध्यापक उद्धवप्रसाद बोलखेले सहकारीबाट करिव १८ लाख रुपैयाँ ऋण लिएर कामदारलाई तिरेका थिए । अहिले उनी त्यही ऋणको बोझ बोकिरहेका छन् ।

पुनर्निर्माण प्राधिकरणले समयमा भुक्तानी नदिएकै कारण काभे्रमा विद्यालय व्यवस्थापन समितिमार्फत् निर्माण भएका विद्यालय समस्यामा छन् । भुक्तानीमा भएको ढिलाईकै कारण केही विद्यालयका भवन अहिलेसम्म बनिसकेका छैनन ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार भुकम्पपछि पुनर्निर्माण भएका काभे्रका ४१ वटा विद्यालयका कक्षाकोठा, खानेपानी र शौचालयका लागि अहिले पनि १० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बााकी छ ।

२०७२ सालको भूकम्पले काभ्रेमा ४ सय ४८ विद्यालयका ५ सय ६० वटा भवनमा क्षति पुगेको थियो । तीमध्ये केही भवन एसियाली विकास वैंकको ऋण सहयोगमा बनेका छन् । भारतीय दूताबासले जिम्मा लिएका १२ वटामध्ये ६ वटा विद्यालय अहिले पनि निर्माणकै क्रममा छन् ।