मंसिर ४ गते हुने आम निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट ६१ र स्वतन्त्र ४४ जना गरी एक सय पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा बढी उम्मेदवार क्षेत्र नम्बर तीनमा ३१ र सबैभन्दा कम क्षेत्र नम्बर दुईमा १३ जना उम्मेदवार छन् ।
मोरङको क्षेत्र नम्बर एकमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुादैछ । २०७० र २०७४ सालको निर्वाचनमा पनि खतिवडा र लिम्बूबीच नै प्रतिस्पर्धा भएको थियो । २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए भने २०७४ सालको निर्वाचनमा लिम्बूलाई खतिवडाले पराजित गरेका थिए । यो क्षेत्रमा नौ वटा राजनीतिक दल र पााच जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको मोरङको क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालमा कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले पोखरेललाई पराजित गरेका थिए । दुई नम्बर क्षेत्रमा विभिन्न राजनीतिक दलका १० जना र तीन जना स्वतन्त्र उम्मेदवारं छन् ।
क्षेत्र नम्बर तीनमा नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री भानुभक्त ढकाल, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नायिका रेखा थापाले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा राजनीतिक दलबाट १२ जना र स्वतन्त्र रूपमा १९ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सबैभन्दा बढी ३१ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर चारमा नेकपा एमालेका विनोद ढकाल र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका निवर्तमान सांसद अमनलाल मोदी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र रूपमा ६ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर पााचमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल र जनता समाजवादी पार्टीका राजकुमार यादवबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए । यो क्षेत्रमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई समर्थन गरेको छ ।
क्षेत्र नम्बर पााचमा विभिन्न राजनीतिक दलका आठ जना र स्वतन्त्र रूपमा आठ जनाले उम्मेदवारी दिएका छन् । उता, क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए । क्षेत्र नम्बर छमा विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र रूपमा तीन जना उम्मेदवार छन् ।