चर्च ब्वाइज मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

वैशाख १८, २०८२ |खेल ब्युरो
चर्च ब्वाइज मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

चर्च ब्वाइजले क्वाटरफाइनलमा एल एक्स सिटि मोरङलाई पेनाल्टी सुटआउटमा ४-३ले पराजित गरेको हो । 

खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसके पछि खेल ट्राईवेकरमा गएको थियो । चर्च ब्वाइजका गोल रक्षक दिवस चौधरी खेलको म्यान अफ द म्याच घोषित भए । आज बाट सेमीफाइनलका खेल सुरू हुनेछन् ।