काठमाडौं । साउदी प्रो लिग क्लब अल नासार एशियन च्याम्पियन्स लिग एलिटबाट बाहिरिएको छ ।
सेमीफाइनलमा जापानको कावासाकी फ्रन्टाले क्रिस्टियानो रोनाल्डोको नासारलाई ३-२ गोलले स्तब्ध पारेको हो ।
किङ अब्दुल्लाह स्पोर्टस सिटीमा गएराति भएको खेलमा अन्डरडग कावासाकीले दशौं मिनेटमा तात्सुया इटोको गोलमार्फत् अग्रता लिएको थियो । २८औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए ।
३४औं मिनेटमा रोनाल्डोले अग्रता लिने मौका पाएका थिए । तर उनको हेडर पोस्टमा लागेर बाहिरियो । ४१औं मिनेटमा युटो जेकीले रिवाउन्डमा गोल गरेपछि पहिलो हाफमा नासार २-१ ले पछि परेको थियो । ७६औं मिनेटमा आकिहिरो लेनागाको गोल पछि भने नासार दबाबमा आएको थियो ।
८७औं मिनेटमा यमन याहाले गोल गरेपनि नासारको हार टार्न पर्याप्त भएन ।