स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍योः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताउनुभएको छ । ‍

अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताउनुभएको हो । 

उहाँकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानूनले महत्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानून महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

वैकल्पिक वित्तको कानून बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुनेछ । खानीका अध्ययन, मल कालखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित