ओली सरकारको ६ महिना : गठबन्धनभित्रै उकुसमुकुस, प्रतिपक्षी भन्छ- सरकार 'फेल'

माघ २, २०८१ |विकास थपलिया
ओली सरकारको ६ महिना : गठबन्धनभित्रै उकुसमुकुस, प्रतिपक्षी भन्छ- सरकार 'फेल'

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ । चौथों पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउने, सुशासन कायम गर्नेदेखि संविधान संशोधन गर्नेसम्मको लक्ष्य सार्वजनिक गर्नुभएको थियो । तर दुई दलबीच भएको सहमति र प्रधानमन्त्री ओलीले गरेको दाबी अनुसार सरकारले काम गर्न सकेको छैन । जनताले परिवर्तनको महसुससमेत गर्न पाएका छैनन् । 

अझ पछिल्ला दिनमा प्रधानमन्त्रीले दिएका अभिव्यक्ति सुन्दा संविधान संशोधनको मुद्दाबाट सरकार पुरै पछि हटेको जस्तो देखिँदैछ । अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता पूरा भएको छैन । छ महिनासम्म देशको पुँजीगत खर्च १५ प्रतिशतभन्दा माथि जान सकेको छैन । सरकार गठन हुने समयमा ५ दशमलव ४४ प्रतिशत रहेको महंगी बढेर अहिले ६ दशमलव ०५ प्रतिशत पुगेको छ ।

ब्याजदर घटे पनि बैंकमा ७ खर्ब तरलता छ । सुशासन र सेवा प्रवाहको अवस्था कमजोर छ । सरकारका संयन्त्रले काम गर्न नसक्दा वाह्य संयन्त्र र कार्यदल गठन गरेर सरकार त्यसकै वरिपरी घेरिएको छ । सरकार र विपक्षी दलहरुबीचको दुरी बढ्दै गएको छ । सरकारमाथि सदन बोलाउन छाडेर अध्यादेशमार्फत् शासन गर्न खोजिरहेको आरोप लागेको छ ।

गठबन्धन सरकारको ६ महिना कस्तो ? के सरकार आउट अफ ट्र्याक भएको हो ? कांग्रेस-एमालेको संविधान संशोधनलगायतका एजेण्डा केवल सत्ताको भर्याङ मात्र थियो ? सदन बोलाउन किन अलमल ? अध्यादेश राजको मनशाय के हो ? कूटनीतिक सन्तुलन कायम गर्न सरकार कति सफल ? विपक्षी दलहरु किन सत्ताकै ध्यानमा ? सरकारलाई खबरदारी गर्ने र जनताका मुद्दा उठाउने धर्ममा कति खरो उत्रिए प्रतिपक्षी ? सरोकारको आजको अंकमा हामी यस्तै विषयमा बहस गर्दै छौँ । स्टुडियोमा निम्त्याएका छौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद- जीवन परियार, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद- सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक- सन्तोष परियार ।

कार्यक्रम ‘सरोकार’ अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । कार्यक्रम कान्तिपुर टिभीको एप, युट्युव लगायतका सामाजिक प्ल्याटफर्ममा पनि हेर्न सक्नुहुनेछ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement