भारतको हैदराबादबाट बैंगलुरू जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा १० जनाको मृत्यु

कार्तिक ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको हैदराबादबाट बैंगलुरू जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा १० जनाको मृत्यु
Photo Source : Agency

काठमाडौं । भारतको हैदराबादबाट बैंगलुरू जाँदै गरेको यात्रुवाहक बसमा आगो लाग्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

बेंगलुरू जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको हो। बसमा आगलागीबाट १० जनाको मृत्यु पुष्टी भएको र केही यात्री गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । सो बसमा ४२ यात्री सवार थिए । समाचारअनुसार दुर्घटनामा परेर घाइते भएका यात्रुको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।