काठमाडौं । इन्डोनेसियाले गाजाका करिब २ हजार घाइतेलाई आफ्नो गालाङ टापुमा राखेर उपचार गर्ने योजना सार्वजनिक गरेको छ ।
हाल मानव बस्ती नरहेको यस टापुमा अस्थायी रूपमा राखेर आश्रय तथा उपचार गर्ने इन्डोनेसियाले गरेको हो । उपचारपछि उनीहरूलाई पुनः गाजामै फर्काइने र यो प्रक्रिया स्थायी स्थानान्तरण नभई मानवीय उपचार सहयोगको रूपमा लिइने इन्डोनेसियाले जनाएको छ ।
मुस्लिम बहुल इन्डोनेसियाले इजरायली आक्रमणपछि गाजालाई मानवीय सहायता दिँदै आएको छ। गालाङ टापु सिंगापुरको दक्षिण र सुमात्राको नजिक पर्छ । यो टापुलाई सन् १९९६ सम्म संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थी शिविरको रूपमा प्रयोग गरिएको थियो ।