काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा बंगलादेशमा आम चुनावको घोषणा गरेको छ ।
अन्तरिम सरकार प्रमुख सल्लाहकार मोहम्मद युनुसले २०२६ को फेब्रुअरीमा आम चुनाव गर्न निर्वाचन आयोगलाई पत्र पठाउनुभएको हो । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले उक्त घोषणा गर्नुभएको हो ।
चुनाव सन् २०२६ को फेब्रुअरी महिनामा रमजान अगावै अर्थात् १७ वा १८ मा हुने तय भएको छ । बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्ट ८ मा देशको अन्तरिम सरकार प्रमुखको रूपमा शपथ लिनुभएको थियो ।
बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।