काठमाडौं । अमेरिकाले भेनेजुएलाको आपराधिक गिरोहका २ सय ३८ सदस्यलाई डिर्पोटेशन योजनाअन्तर्गत फिर्ता पठाएको छ ।
अल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका आपराधिक समूह ट्रेन दि आरागुवाका २ सय ३८ जना सदस्यलाई अमेरिकाले फिर्ता पठाएको जानकारी दिएको बीबीसीले जनाएको छ । त्यसमध्ये २३ जना अन्तर्राष्ट्रिय गिरोह एम-एस-२३ का सदस्य रहेको बताइएको छ ।
डिपोर्ट गरिएका अपराधिक समूहका सदस्यहरुको भने विस्तृत विवरण कुनै पक्षले सार्वजनिक नगरेको बीबीसीले जनाएको छ।
अमेरिकी संघीय अदालतका न्यायधिसले राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनलाई निर्वासन प्रक्रियालाई रोक लगाउन आदेश दिएपनि ट्रम्प प्रशासनले डिर्पोट गरेको बीबीसीमा उल्लेख छ ।
डिर्पोट गर्ने क्रममा अमेरिकी अधिकारीले ती व्यक्तिहरुको हातमा हतकडी र खुट्टामा नेल लगाएको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।
ट्रम्पनिकट मानिने अल साल्भाडोरका राष्ट्रपति बुकेलेले अमेरिकाबाट डिपोर्ट गरिएका व्यक्तिलाई तत्कालै अल–साल्भाडोरका कुख्यात कारागारमा राखिने स्पष्ट पार्नुभएको छ । जसलाई आतंकबादी बन्दीगृह केन्द्र पनि भनिन्छ ।
डिर्पोट गरिएका व्यक्तिहरुलाई अल साल्भाडोरको कारागारमा एक वर्षसम्मका लागि राखिने र पछि समयावधि थप गरिने बताइएको छ ।
अल साल्भाडोरका राष्ट्रपतिका अनुसार फिर्ता पठाइएका व्यक्तिहरुको हेरचाहका लागि अमेरिकाले कम रकम प्रदान गर्नेछ । अल साल्भाडोरका राष्ट्रपतिको उक्त कदमलाई अमेरिकी विदेश मन्त्री मार्को रुबियोले समेत प्रशंसा गर्नुभएको छ ।
ट्रम्पले गत शनिबार नै अमेरिका विरुद्ध गतिविधि गरिरहेको ट्रेन दि अरागुवा समूहका सदस्यलाई डिर्पोट गर्ने चेतावनी दिइसक्नुभएको थियो ।
सोहि दिन अमेरिकी न्यायधिस जेम्स बोआसबर्गले ट्रम्प प्रशासनलाई १४ दिनसम्म डिर्पोट गर्ने योजनालाई स्थगत गर्न आदेश दिनुभएको बीबीसीले जनाएको छ ।