रोजगारी अभिवृद्धिबारे कांग्रेसले सुरु गर्‍यो छलफल

फाल्गुन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रोजगारी अभिवृद्धिबारे कांग्रेसले सुरु गर्‍यो छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आन्तरिक रोजगारी अभिवृद्धिका बारेमा सरोकारवाला तथा विज्ञहरूसँग छलफल सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आन्तरिक रोजगार अभिवृद्धि सबै दलको प्रमुख अजेन्डा हुनुपर्नेमा जोड दिनुभयो । 

रोजगारी अभिवृद्धिका लागि पार्टीले आगामी दिनमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी तथा व्यवसायीसँग छलफल गरी मूल मुद्दा बनाउने उनीहरूको भनाइ छ ।

छलफलमा बोल्दै निजी क्षेत्रका प्रतिनिधि, पूर्वप्रशासक तथा अनुसन्धानकर्ताहरूले नेपालका विश्वविद्यालयले दिने शिक्षा र बजारको मागबीच तालमेल नहुँदा बेरोजगारी समस्या बढेको बताएका थिए । बेरोजगारीको समस्या जटिल हुँदा पनि उद्योगीहरूले खोजे जस्तो जनशक्ति पाउन नसकेको निजी क्षेत्र तथा पूर्वप्रशासकको भनाइ छ ।

कार्यक्रमका सहभागीहरूले नेपालमा उत्पादन हुन सक्ने वस्तुको परनिर्भरता कम गरेर रोजगारी सिर्जना गर्न सुझाए । प्रमुख राजनीतिक दलको मुख्य अजेन्डा रोजगारी भए नीतिगत समस्या फुकाउन सकिने उनीहरूको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement