[ अपडेट ] कजाखस्तान विमान दुर्घटना : ३० भन्दा बढी यात्रुको मृत्यु, ३२ जनाको जीवितै उद्धार

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
[ अपडेट ] कजाखस्तान विमान दुर्घटना : ३० भन्दा बढी यात्रुको मृत्यु, ३२ जनाको जीवितै उद्धार

काठमाडौं । कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना हुँदा ३० जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ । अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्यास्थित ग्रोजनी सहर जाने क्रममा कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना भएको हो ।

स्थानीय अधिकारीका अुनसार विमानमा यात्रु ६२ र चालक दलका ५ सदस्य थिए । तीमध्ये ३२ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । विमानमा रहेका ६७ यात्रुमध्ये ३७ अजरबैजानी, ६ कजाख, तीन किर्गीज र १६ रुसी नागरिक रहेको बताइएको छ ।

गन्तव्यमा पुग्नै लाग्दा बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो मार्ग परिर्वतन गरेको थियो । त्यसपछि विमान दुर्घटनाग्रस्त भएको र भीषण आगलागी भएको बताइएको छ । कजाखस्तानको यातायात मन्त्रालयलका अनुसार विमान दुर्घटनाको कारण पत्ता लगाउन अुनसन्धान सुरु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.