नेपाल र दक्षिण अफ्रिकाका विमान खरिद-बिक्रीमा घुस दिएबापत ‘एएआर कोर्प’ दोषी ठहर

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र दक्षिण अफ्रिकाका विमान खरिद-बिक्रीमा घुस दिएबापत ‘एएआर कोर्प’ दोषी ठहर

काठमाडौं । उड्डयन सेवा कम्पनी ‘एएआर कोर्प’ले नेपाल र दक्षिण अफ्रिकामा सञ्चालित एयरलाइन्सको ठेक्का प्राप्त गर्न र विमान खरिदमा घुस दिएकामा दोषी ठहर भएको छ । अमेरिकाको इलिनोइसस्थित वुड डेलमा मुख्यालय रहेको ‘एएआर कोर्प’ले विमान खरिद बिक्री लगायतका काममा नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीलाई घुस दिएको अमेरिकी न्याय विभागले जनाएको छ ।

अमेरिकी न्याय विभाग र धितोपत्र तथा विनिमय आयोग (एसईसी) द्वारा गरिएको अनुसन्धानमा कम्पनीले विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) को उल्लङ्घनमा गरेको पाएको छ । कम्पनीले भने अनुसन्धान समाधानका लागि अब ५ करोड ५० पचास लाख भुक्तानी तिर्नुपर्ने छ । 

नेपाल एयरलाइन्सको विमान A330 र 200 को खरिदमा चलखेल गरेको अमेरिकी न्याय विभागले गरेको अनुसन्धानबाट खुलेको हो ।

कम्पनीका एक पूर्व सहायक कार्यकारीले नेपाल र तेस्रो पक्षीय एजेन्टले दक्षिण अफ्रिकाको राज्यद्वारा सञ्चालित एयरलाइन्सका कामहरु गर्न सरकारी कर्मचारीलाई घुस दिएको विषयलाई स्वीकार समेत गरिसकेको बताइएको छ ।

न्याय विभागको फौजदारी महाशाखाका प्रमुख परामर्शदाता ब्रेन्ट विबलले नेपाल र दक्षिण अफ्रिकामा राज्य स्वामित्वमा रहेका एयरलाइन्ससँग खरिद बिक्री गर्न ‘एएआर’ले दुवै देशका सरकारी अधिकारीलाई घुस दिएको र त्यसबाट उक्त कम्पनीले लगभग ४ करोड ८० लाख रुपैयाँ अवैध नाफा कमाएको बताउनुभएको छ ।

एचएसआई– न्युयोर्कले मुद्दाको अनुसन्धान गरिरहेको छ भने न्याय विभागको अन्तर्राष्ट्रिय मामिला कार्यालयले सहयोग प्रदान गरिरहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.