काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य ताबास्कोमा एक सशस्त्र समूहको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । ताबास्को राज्यको भिल्लाहेरमोसा सहरस्थित एक बारमा सशस्त्र कमान्डो प्रवेश गरी एक्कासी गोली चलाउँदा ६ जनाको ज्यान गएको हो ।
पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । सशस्त्र आक्रमणमा १० जना घाइते भएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै रोटयर्सले जनाएको छ । घाइतलेहरुलाई उपचारका लागि सहरका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिसकेको बताइएको छ । उक्त घटना संगठित आपराधिक गतिविधिसँग सम्बन्धित नभएको प्रहरीले बताएको रोटयर्सले जनाएको छ । यस्तै गत शनिबार सोही राज्यको जलापा सहरमा विवाह भइरहेको स्थलमा हिंसात्मक हुँदा एक जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।