शुक्रबारदेखि बन्द भएको राहदानी वितरण अझै पूर्णरुपमा सुचारु भएन

कम्प्युटरमा भाइरस प्रवेश गरेको राहादानी विभागको प्रारम्भिक निष्कर्ष
मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
शुक्रबारदेखि बन्द भएको राहदानी वितरण अझै पूर्णरुपमा सुचारु भएन

काठमाडौं । सर्भरमा समस्या आएको भन्दै गत शुक्रबारदेखि बन्द राहदानी वितरणको काम अझै पूर्णरुपमा सुरु हुन सकेको छैन । राहादानी विभागले एक विज्ञप्ति जारी गर्दै आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको र फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको जनाएको छ ।

जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरुमा अहिले पनि राहदानी सेवा ठप्प छ । उक्त स्थानहरुमा क्रमश: सेवा सुरु हुने गरी व्यवस्था मिलाइएको र पूर्णरुपमा काम हुन दुई हप्तासम्म लाग्ने जनाइएको छ ।

आवेदकहरुको तथ्यांक सुरक्षित रहेको भन्दै विभागले धैर्यता अपनाउन अनुरोध गरेको छ । यसअघि फारम भर्ने सेवाग्राहीका लागि सेवा सुरु भएको र एक-दुई दिनमै नयाँ आवेदन फारम भर्नका लागि खुला गरिने जनाइएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि विभागबाटै सेवा दिन थालिएको राहदानी विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.