काठमाडौं । पूर्वी चीनको वुसी सहरस्थित एक विद्यालय बाहिर छुरा प्रहारको घटनामा ८ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
वुशी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा छुरा प्रहारको घटना भएको हो । घटनापछि एक २१ वर्षीय युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दु:खी भएको र आक्रमण गरेको अपराधमा संलग्न व्यक्तिले प्रहरीसँगको बयानमा भनेको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत सोमबार चीनको दक्षिणी सहर झुहाईको एक स्टेडियममा चालकले भीडमा कार चलाउँदा ३५ जनाको मृत्यु भएको थियो ।