अमेरिकाको तल्लो सदनमा समेत रिपब्लिकन बहुमत नजिक, तीनवटै महत्त्वपूर्ण अंगमा ट्रम्पको पकड

बाइडनका कारण डेमोक्रयाटले चुनाव हारेको पूर्वसभामुख पेलोसीको आरोप
कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको तल्लो सदनमा समेत रिपब्लिकन बहुमत नजिक, तीनवटै महत्त्वपूर्ण अंगमा ट्रम्पको पकड

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा रिपब्लिन पार्टी बहुमत नजिक पुगेको छ । यसअघि रिपब्लिकनले सिनेट र हृवाइट हाउसमा आफ्नो पकड जमाइसकेको छ ।

मंगलबार राष्ट्रपति निर्वाचनसँगै भएको तल्लो सदनको मतदानको नतिजा आउने क्रम जारी रहँदा रिपब्लिकन पार्टी तल्लो सदनमा बहुमत नजिक रहेको बीबीसीले जनाएको छ ।

४ सय ३५ सदस्यीय अमेरिकी तल्लो सदनमा बहुमतका लागि दुई सय १८ सिट चाहिनेमा रिपब्लिकनले हालसम्म दुई सय १३ सिट जितिसकेको छ । डेमोक्रेटिक पार्टीले भने दुई सय दुई सिट जितेको छ । केही क्षेत्रमा मतगणना जारी छ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनाव जितिसक्नु भएको छ ।

अब ह्वाइट हाउस, सिनेट र तल्लो सदनमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पको एकछत्र पकड हुने देखिएको छ । तीनवटै महत्त्वपूर्ण अंगमा नियन्त्रण हुनुले कुनै पनि महत्त्वपूर्ण कानुन पारित, मुद्रास्फिती, कर कट्टा गर्न विपक्षीको समर्थन आवश्यक नपर्ने बताइएको छ ।

यसैबीच अमेरिकाको तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीले यसपटकको हारको मुख्य दोष राष्ट्रपति जो बाइडनलाई दिनुभएको छ । बाइडन समयमै उम्मेदवारीबाट पछि हटेको भए राष्ट्रपति चुनावमा डेमोक्रेट पार्टीले अझ राम्रो प्रदर्शन गर्ने सक्ने भन्दै यसको सम्पूर्ण दोष उहाँले बाइडनलाई दिनुभएको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement