काठमाडौं । उत्तर कोरियाका विदेशमन्त्री चो सन हुईले युक्रेन युद्धमा विजय हासिल नगरेसम्म रुसलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग मस्कोमा भएको वार्ताको क्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले पुटिनको ‘बुद्धिमान नेतृत्व’ ले रुसी सेना र जनताले ‘आफ्नो राज्यको सार्वभौम अधिकार र सुरक्षा हितको रक्षा गर्न आफ्नो सङ्घर्षमा ठूलो विजय हासिल गर्नेमा प्योङयाङलाई कुनै शंका नभएको स्पष्ट पार्नुभयो । युक्रेन युद्धमा विजय हासिल नगरेसम्म रुसलाई प्योङयाङ दृढताका पूर्वक रूसको साथमा उभिने विषयमा उत्तरी कोरियाली विदेशमन्त्रीले आश्वस्त पनि पार्नुभयो ।
विदेशमन्त्री हुईले दुई देशबीचको ऐतिहासिक सम्बन्ध नयाँ स्तरमा उक्लिरहेको र सम्बन्धलाई थप प्रगाढ बनाउन नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालेको कदमको प्रशंसा गर्नुभयो ।
यस्तै रुसी विदेशमन्त्री लाभरोभले दुई देशका सेनाहरू बीचको ‘घनिष्ठ सम्बन्ध’ को बारेमा कुरा गर्दै यसले दुवै देशको शैनिकलाई महत्त्वपूर्ण सुरक्षा कार्यहरूसँगै समाधान गर्न सक्षम बनाएको बताउनुभएको छ ।
रुसप्रति पश्चिमाले देखाएको व्यवहार र रुसी सबैलाई नष्ट गर्न खुल्ला रूपमा जातीय शासनलाई प्रोत्साहित गर्ने क्रममा युक्रेनमा देखा परेका घटनापछि उत्तर कोरियाले देखाएको सैद्धान्तिक अडानका लागि आफूहरु कृतज्ञ भएको स्पष्ट पार्नुभयो ।
उत्तर कोरियाले रुसमा करिब १० हजार सेना पठाएको विषयमा अमेरिका, नेटो, दक्षिण कोरिया र युक्रेनले दिँदै आएको बयानलाई स्वयम उनीहरुले पुष्टि गर्न नसकेको वार्ताको निष्कर्ष छ ।
यस्तै आफ्नो मुलुकमाथि आणविक हमला गर्न सक्ने भन्दै उत्तरी कोरियाली विदेशमन्त्रीले अमेरिका र दक्षिण कोरियाविरुद्ध आपत्ती जनाउनुभएको छ ।
कोरियाली प्रायद्वीपको स्थिति कुनै पनि क्षण विस्फोटक हुनसक्ने भन्दै उत्तर कोरियाले आफ्नो आणविक शक्ति बलियो बनाउन र आवश्यक परेमा प्रतिशोधात्मक आणविक हमला गर्ने चेतावनी समेत दिनुभयो ।