लेबनानमा स्थलगत आक्रमण गर्न सक्ने इजरायलका सैन्य प्रमुखको संकेत

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा स्थलगत आक्रमण गर्न सक्ने इजरायलका सैन्य प्रमुखको संकेत

काठमाडौं । इजरायलका सैन्य प्रमुखले सशस्त्र समूह हिजबुल्लाह लक्षित गरी आफ्ना सेनालाई लेबनानभित्र स्थलगत आक्रमणका लागि मार्ग प्रशस्त गर्न सक्ने बताउनुभएको छ ।

लेफ्टिनेन्ट जनरल हलेभीको यो भनाइले इजरायलले लेबनानभित्र चाँडै नै स्थलगत आक्रमण गर्न सक्ने संकेत गरेको अन्तरराष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । उता लेबनानका स्वास्थ्यमन्त्रीले इजरायली सेनाले बुधवारदेखि सुरु गरेको दोस्रो चरणको व्यापक हवाई आक्रमणमा ७२ भन्दा बढीको मृत्यु भएको बताउनु भएको छ ।

इजरायली सेनाले भने हिजबुल्लाहको खुफिया निर्देशनालयका साथै रकेट लन्चर र हतियार भण्डारणहरुमा प्रहार गरेको जनाएको छ । यसैबीच फ्रान्स र अमेरिकाले इजरायल र हिजबुल्लाहबीच २१ दिने अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि तत्काल युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement