भारतको उत्तर प्रदेशको हाथरसमा भइरहेको धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जनाको मृत्यु

कयौं मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने
छानबिन गर्न समिति गठन
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको उत्तर प्रदेशको हाथरसमा भइरहेको धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ५० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक सत्संगमा भागदौड मच्चिँदा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । घटनामा अन्य कयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढन सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एक जना स्थानीय धार्मिक गुरुको सम्मानमा सत्संग आयोजना गरिएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.