दक्षिण कोरियाको राजधानी सियोलमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण कोरियाको राजधानी सियोलमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा एक कारले ट्राफिक सिग्नलमा उभिइरहेका मानिसहरुलाई ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाली न्युज एजेन्सीका अनुसार राति करिब नौ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

६८ वर्षीय एक व्यक्तिले गलत दिशाबाट कार ल्याइरहेको अवस्थामा अन्य दुई गाडीलाई ठक्कर दिएपछि मात्र ट्राफिक सिग्नलमा उभिइरहेका मानिसहरुलाई ठक्कर दिएको त्यहाँको प्रहारीले जनाएको छ । ती कार चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.