फ्रान्समा संसदीय निर्वाचन : मरिन ली पेनको पार्टीलाई ऐतिहासिक जित

दोस्रो चरणमा वामपन्थी गठबन्धन र राष्ट्रपति म्याक्रोंको दलबीच एक-अर्कामा सघाउने सहमति
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रान्समा संसदीय निर्वाचन : मरिन ली पेनको पार्टीलाई ऐतिहासिक जित

काठमाडौं । फ्रान्समा भएको संसदीय निर्वाचनको पहिलो चरणमा मरिन ली पेनको चरम दक्षिणपन्थी दल नेसनल र्याली (आरएन) ले ऐतिहासिक जित हासिल गरेको छ ।

योसँगै आरएनलाई बहुमत पुर्याउनबाट रोक्न दोस्रो चरणको चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट र राष्ट्रपति इम्यानुएल म्याक्रोंको दलबीच एक-अर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ । पहिलो चरणमा भएको चुनावमा ६६.७ प्रतिशत मतदान भएको थियो ।

यस क्रममा आरएन र यसको गठबन्धन ३३.१५ प्रतिशत मत ल्याउँदै पहिलो भएको छ । वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट एनएफपी २७.९९ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंको अनसम्बल गठबन्धन २०.७६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिएको छ ।

युरोपेली संसद्का लागि गत महिना भएको निर्वाचनमा आरएन पार्टीले अत्यधिक स्थानमा जितेपछि हतार-हतार र आश्चर्यजनक रुपमा निर्धारित समयभन्दा तीन वर्षअगावै संसद् विघटन गरी निर्वाचन आह्वान गरेका राष्ट्रपति इम्यानुएल म्याक्रोंका लागि यो परिणाम घातकसिद्ध भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.