जापानी अन्तरिक्ष निकाय जाक्साद्वारा तेस्रो रकेटको सफलतापूर्वक प्रक्षेपण

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानी अन्तरिक्ष निकाय जाक्साद्वारा तेस्रो रकेटको सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । जापानी अन्तरिक्ष निकाय (जाक्सा) ले २० करोड डलरको राडार उपग्रह एएलओएस-४ बोकेको तेस्रो रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

आज जापानी स्पेस एजेन्सीले राडार उपग्रह बोकेको तेस्रो एच थ्री फ्ल्यागसिप रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो । राडार उपग्रह एएलओएस-फोर विपद् व्यवस्थापन भूमि पर्यवेक्षण उपग्रह हो जसले प्रकोप प्रभावित क्षेत्र र जमिनको रूपान्तरणको निगरानी गर्ने बताइएको छ । गत वर्षको मार्चमा एएलओएस-थ्रीको उडान असफल भएपछि सोमबार एएलओएस-फोरको सफलतापूर्वक प्रक्षेपण गरिएको स्पेस एजेन्सीले जनाएको छ ।

अन्तरिक्ष निकाय ‘जाक्सा’ र मित्सुबिसीले दुई दशक पुरानो एच टु रकेटलाई प्रतिस्थापन गर्दै एएलओएस-फोर बोक्न एच थ्री फ्ल्यागसिप रकेट परीक्षणमा ल्याएको जनाएका छन् । उक्त रकेट कम लागतमा निर्माण गरिएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.