कजाकस्तानको खानीमा आगलागी हुँदा २८ जनाको मृत्यु

कार्तिक ११, २०८० |कान्तिपुर टीभी संवाददाता
कजाकस्तानको खानीमा आगलागी हुँदा २८ जनाको मृत्यु

काठमाडौं । कजाकस्तानको खानीमा आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । लक्जेमबर्गको स्टील कम्पनी आर्सेलर मित्तल टर्मिटाउको कजाकस्तानस्थित खानीमा आगलागी भएको हो ।

कजाक राष्ट्रपति कसिम जोमार्ट टोकायभले कम्पनीलाई राष्ट्रियकरण गर्ने उल्लेख गर्दै लगानी बन्द गर्न निर्देशन दिएकै दिन आगलागी भएको हो । कजाकस्तानको कोस्टेन्कोस्थित खानीमा २ सय ५२ श्रमिक कार्यरत रहेकोमा २ सय ६ जनाको सुरक्षित उद्धार गरिएको थियो । उक्त घटनामा १८ जना बेपत्ता भएको जनाइएको छ । 

आर्सेलर मित्तलको कजाकस्तानस्थित खानीमा आगलागीको यो दोस्रो घटना भएको हो । गत अगस्टमा कारागंडा खानीमा आगो लाग्दा चार कामदारको ज्यान गएको थियो । आर्सेलर मित्तल टर्मिटाउको कजाकस्तानमा १५ वटा कोइला र फलाम खानी छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement