जर्मनीको म्याग्डेबर्गको क्रिसमस बजारमा एक गाडीले ठक्कर दिँदा २ जनाको मृत्यु, कम्तीमा ६८ जना घाइते

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जर्मनीको म्याग्डेबर्गको क्रिसमस बजारमा एक गाडीले ठक्कर दिँदा २ जनाको मृत्यु, कम्तीमा ६८ जना घाइते

काठमाडौं । जर्मनीको म्याग्डेबर्ग सहरस्थित क्रिसमसको अवसरमा लागेको बजारमा मानिसको भीडमा एक गाडीले अन्धाधुन्द ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा कम्तीमा ६८ जना घाइते भएको बीबीसीले जनाएको छ । तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

घटनालगत्तै प्रहरी, एम्बुलेन्स र आपतकालीन सेवा विभाग घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मानिसको भीडमा गाडी कुदाउने साउदी अरबका ५० वर्षीय व्यक्ति हुन् । जर्मनीमा स्थायी बसोबास गर्दै आएका ती व्यक्ति पेसाले चिकित्सक रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ ।

प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरूले अझै पनि घटनास्थलमा छानबिन गरिरहेको बीबीसीले जनाएको छ । यस्तो घटना जर्नमीमा पहिलोपटक भएको भने होइन । साउदी अरबले घटनाको निन्दा गर्दै जर्मन नागरिक र मृतकका परिवारसँग ऐक्यबद्धता जनाएको छ । यस्तै बेलायती विदेश मन्त्रालयलले उक्त घटनालाई नजिकबाट नियालिरहेको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement