संघीय सरकार मातहतका निकायलाई आवश्यक रकम प्रदान गर्न ल्याइएको विधेयक अमेरिकी तल्लो सदनद्वारा पारित

संघीय सरकारको कामकाज ठप्प हुने अवस्था टर्यो
पुस ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
संघीय सरकार मातहतका निकायलाई आवश्यक रकम प्रदान गर्न ल्याइएको विधेयक अमेरिकी तल्लो सदनद्वारा पारित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लामो रस्साकसीपछि संघीय सरकार मातहतका केही निकायलाई आवश्यक रकम प्रदान गर्न ल्याइएको खर्चसम्बन्धी विधेयक दुई तिहाइ बहुमतका साथ पारित गरेको छ ।

४ सय ३५ सदस्यीय तल्लो सदनका तीन सय ३ सय ६६ सासंदले उक्त विधेयकको पक्षमा मतदान गरेका छन् भने ३४ जनाले विपक्षमा मतदान गरे । विधियेक पारित हुन २ सय ७० मत आवश्यक थियो । अब यसलाई सिनेटमा पठाइएको छ । त्यहाँबाट विधेयक पारित भए राष्ट्रपति जो बाइडनको हस्ताक्षरपछि उक्त विधेयक कानुन बन्ने बीबीसीले जनाएको छ ।

त्यसलगत्तै संघीय सरकारका केही निकायलाई चाहिने आवश्यक रकम प्रदान गर्न सरकारलाई बाटो खुला हुनेछ । उक्त विधेयक पारित नभएको भए आजदेखि अमेरिकी संघीय सरकार ठप्प हुने अवस्था आइलाग्ने थियो भने कर्मचारीलाई विना तलब बिदामा पठाउनुपर्ने बाध्यता हुन्थ्यो । यस्तै अत्यावश्यक कामकाजका लागि कर्मचारीलाई बिनातलब काममा खटाउनुपर्ने समस्या आइलाग्ने थियो ।

अब भने ६ घण्टाको अन्तरालमा उक्त विधेयक कानुन बन्न आवश्यक छ । यसका लागि सम्पूर्ण सिनेटरले विधेयकको पक्षमा मतदान गरी पारित गर्नुपर्नेछ । अमेरिकामा कुनै पनि नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल सुरु गर्नअघि संघीय सरकार सर्टडाउन हुन नदिने प्रक्रिया पार गर्नुपर्नेहुन्छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले संघीय सरकारका निकायहरूलाई बजेट दिने र सरकारी कामकाज ठप्प हुनअघि कर्जा सीमा बढाउने वा निलम्बन गर्ने योजनालाई पेश गर्नुभएको थियो । सोही विषयमा अन्ततः दुवै पार्टीबीच सहमति जुटेर सर्टडाउनको अवस्था टरेको हो ।



Enter Kantipur TV HD
Advertisement