बाजुरामा भूकम्प, क्षतीको विवरण संकलन गरिँदै

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाजुरामा भूकम्प, क्षतीको विवरण संकलन गरिँदै

बाजुरा । बाजुरमा आज बिहान ४ बजेर १४ मिनेटमा गएको ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर गएको ५ दशमलव २ रेक्टरको भुकम्पका कारण मानवीय क्षती नभए पनि सामान्य रुपमा स्थानीयहरुको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताउनुभएको छ ।

भुकम्पका कारण बुढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको छ । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको जनाइएको छ । भूकम्प गएपछि बिहानबाट खनै सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनुभयो ।

जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधी, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतीको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement