म्यान्चेस्टर सिटीका डिफेन्डर डायस चोटका कारण ४ हप्ता मैदान बाहिर हुने

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यान्चेस्टर सिटीका डिफेन्डर डायस चोटका कारण ४ हप्ता मैदान बाहिर हुने

काठमाडौं । म्यान्चेस्टर सिटीका डिफेन्डर रुबेन डायस चोट लागेपछि तीनदेखि चार हप्ता मैदान बाहिर रहने भएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले डायसको मांसपेसीमा चोट लागेको पुष्टि गरेका हुन् ।

गत आइतबार म्यानचेस्टर युनाइटेडसँग २-१ ले पराजित हुँदा डायस घाइते भए पनि पूरै समय पिचमा बिताएका थिए । चोटका कारण यस सिजनका सबै प्रतियोगितामा सात खेल गुमाएका डियासले १३ प्रिमियर लिग खेलिसकेका छन् । जसमा सिटीले तीन खेलमा क्लिन सिट राखेको छ ।

चोटका कारण उनले प्रिमियर लिगमा आज राति खेलिने एस्टन भिल्लाविरुद्धको खेल सहित अन्य थुप्रै खेल गुमाउने छन् । उनी एफए कप अन्तर्गत साल्फोर्डविरुद्धको खेल अथवा जनवरी २२ मा पेरिस सेन्ट-जर्मेन पीएजीसँगको च्याम्पियन्स लिगको खेलसम्म फिट हुने अनुमान गरिएको छ ।

प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन सिटीले यस सिजनमा राम्रो प्रदर्शन गर्नसकेको छैन । साथै खेलाडीको चोटले सिटीलाई समस्या थपेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement