कागेश्वरी मनोहरा नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु

जेष्ठ ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कागेश्वरी मनोहरा नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालले आजबाट मोतियाबिन्दुको शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमका बीच आज दिउँसो उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

अस्पतालले स्थानीय बासिन्दालाई लक्षित गरी मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु गरेको जानकारी दिइएको छ । यस सेवाबाट नागरिकहरूलाई सहज र कम लागतमा उपचार सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख कार्कीले नगर अस्पताललाई आधुनिक स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको बताउनुभयो । उहाँले मोतियाबिन्दु शल्यक्रिया जस्ता सेवा विस्तारले नगरवासीको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर अस्पतालले यसअघि विभिन्न ओपीडी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, खोप र पोषण परामर्श सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । मोतियाबिन्दु शल्यक्रिया सेवाको सुरुआतसँगै अस्पतालको सेवा दायरा थप व्यापक बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.