बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा शुक्रबारबाट निःशुल्क दुई दिने आँखा शिविर सुरू भएको छ ।
बडीमालिका नगरपालिकाको समन्वय र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा आँखाको ज्योति गुमाएका र आँखा सम्बन्धि रोग लागेका स्थानीयहरूको उपचारका लागि शिविर सञ्चालन गरिएको हो ।
जिल्ला अस्पताल बाजुरामा आजबाट सुरू भएको शिविरमा आँखाका ज्योती गुमाएका विरामीहरूको शल्यक्रिया गरिने गेटा आँखा अस्पतालका डाक्टर स्मिथ अधिकारीले बताएका छन ।
गेटा आँखा अस्पतालले हरेक वर्ष दुर्गम जिल्लाहरूका नागरिकहरू आँखाका विरामी हुने गरेकाले उनीहरूलाई जिल्लामा नै गएर सेवा निः शुल्क दिने गरी शिविर संचालन गर्दै आएको डाक्टर अधिकारीले बताएका छन ।
शिविरमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले आँखाको उपचारमा आएका विरामीहरूलाई पालिकाले निःशुल्क औषधि सहयोग गर्ने बताएका छन ।
शल्यक्रिया गरिएकालाई चस्मासहित औषधि पनि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयाे । वार्षिक कार्यक्रमका रूपमा शिविरको पालिकाले गर्दै आएको नगर प्रमुख खड्काले बताउनुभयाे ।
आँखा शिविरमा सबैले सेवा लिन आउन समेत उहाँले अपिल गर्नुभएकाे छ । शिविरमा कुनै समस्या आए पालिकासँग समन्वय गर्न पनि नगर प्रमुख खड्काले आग्रह गर्नुभएकाे छ ।
शिविरमा विहानदेखि नै आँखाको उपचारका लागि भीड लागेको छ । शिविरमा आँखाको शल्यक्रिया,आँखाका समस्या र उनीहरूलाई परामर्शसहितको सेवा प्रदान गरिने भएको छ ।