नलगाडमा ३५ सय मत खस्यो

मंसिर १६, २०८१ |सरोज वली
नलगाडमा ३५ सय मत खस्यो

जाजरकोट I जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि भइरहेको उपनिर्वाचनमा बिहान ११ बजेसम्म तीन हजार पाँच सय ५६ मत खसेको छ । बिहान ७ बजेदेखि भइरहेको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

नगरपालिकाका २४ वटै मतदान केन्द्रमा गरी कुल तीन हजार पाँच सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै कुशे गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि भइरहेको मतदानमा चार सय २८ मत खसेको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement