शुद्धोधनमा ६ सय ५५ मत खस्यो

मंसिर १६, २०८१ |मनोज पौडेल
शुद्धोधनमा ६ सय ५५ मत खस्यो

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको लागि भइरहेको उपनिर्वाचनमा बिहानैदेखि मतदाताको उत्साहपूर्ण उपस्थिति रहेको छ । आधारभूत विद्यालय अन्राठमा ‘क’ र ‘ख’ गरी दुई केन्द्र र पूर्ण केशर मावि बगदी तथा बिकुली पश्चिम डिहको मदर्साका ‘क’ र ‘ख’ केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेका छन् ।

निर्वाचनमा वडाध्यक्षका लागि १० दलीय र चार स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । यहाँ कुल चार हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

सुरक्षाको व्यवस्था कडा पारिएकाले निर्वाचनमा ढुक्कसँग मतदान गर्न प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भयो । यहाँ तीन मतदान केन्द्र र ६ मतदानस्थल रहेका छन् । बिहान ९ बजेसम्म सबै मतदान केन्द्रमा गरी ६ सय ५५ मत खसेको सहायक निर्वाचन अधिकृत अम्मरबहादुर ओलीले बताउनु भयो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement