पाँचथरबाट प्रतिनिधिसभामा पुनः कांग्रेसका आङदेम्बेको अग्रता

मंसिर ८, २०७९ |लक्ष्मी गौतम
पाँचथरबाट प्रतिनिधिसभामा पुनः कांग्रेसका आङदेम्बेको अग्रता

पाँचथर । पाँचथरमा जारी मतगणनाको पछिल्लो परिणाममा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले पुनः अग्रता लिएका छन् । नेकपा एमालेका वसन्तकुमार नेम्वाङलाई ५३५ मतले पछाडि पार्दै उनी अगाडि बढेका हुन् ।

यहाँ ४७ हजार ३५० मत गन्दा आङदेम्बेले २४ हजार ४५९ मत पाएका छन् । नेम्वाङले २३ हजार ९२४ मत प्राप्त गरेका छन् । जिल्लामा कुल ७५ हजार ३५६ मत खसेको थियो ।

जिल्लामा अब करिब १८ हजार मत गन्न बाँकी छ । जसमध्ये हालसम्म ५६ हजार २८१ मत गणना गरिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताए । यसअघिको परिणाममा नेम्वाङले आङदेम्बेलाई १७ मतले उछिनिरहेका थिए ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।