रसुवा प्रदेशसभा (१) मा कांग्रेसका तामाङ विजयी

मंसिर ६, २०७९ |बलराम घिमिरे
रसुवा प्रदेशसभा (१) मा कांग्रेसका तामाङ विजयी

रसुवा । रसुवाको प्रदेशसभा सदस्य क्षेत्र १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार प्रभात तामाङ विजय भएका छन् ।

तामाङ ८ हजार १ सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

प्रभात तामाङ २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।