रसुवामा मतान्तर बढाउँदै कांग्रेस

मंसिर ६, २०७९ |बलराम घिमिरे
रसुवामा मतान्तर बढाउँदै कांग्रेस

रसुवा । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ ।

जारी गणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले फराकिलो मतान्तर बढाउँदै लगेका छन् । १२ हजार ४ सय ११ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ४ हजार ८७ मत प्राप्त गरेको गरेर कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा अस्थायी र स्थायी गरी ३६ मतदानस्थल र ५४ मतदान केन्द्र थिए । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य एकजना छन् ।


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।