.png&w=1000&height=550)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा- एसईई सम्पन भएको एक महिनाभित्र नतिजा प्रकाशित गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिवको अध्यक्षमा बसेको बैठकले कार्यविधिसमेत संशोधन गर्ने निर्णय भएको जनाएको छ ।
परीक्षा सकिए लगतै नजिकैको परीक्षण केन्द्रमा उत्तरपुस्तिका लगेर परिक्षणको व्यवस्था समेत मिलाउने तयारी छ । परीक्षा केन्द्रको संख्या बढाएर छिटो नतिजा प्रकाशन गर्ने निर्णय गरिएको हो ।
यसवर्षको एसईई बिहीबार बिहानदेखि देशभर सुरू हुँदैछ ।