शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४औं संघीय प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताउनु भयो । उहाँले अबको दशक शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरूरी रहेको बताउनु भयो ।

त्यसका लागि कक्षाकोठा भित्रको सिकाई नबदीलकन सम्भव नरहेको उहाँले जिकिर गर्नुभयो । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने उहाँको भनाइ छ।

महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.