सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स फोन सार्वजनिक

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स फोन सार्वजनिक

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स फोन सार्वजनिक गरेको छ । कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यी फोनको प्रि-अर्डर खुला भएको घोषणा गरेको हो ।

प्रि-अर्डर अफरहरू साउन १५ गतेसम्म लिन सकिने कम्पनीले जनाएको छ । प्रि-अर्डर गर्ने पहिलो पाँच सय ग्राहकले एनसेल सधैं अन सिम, ६ महिनाका लागि १७ जीबी डेटा, ४ सय ९९ मिनेट फ्रिकल र प्रत्येक महिना ४ सय ९९ एसएमएस निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, सामसङले एक वर्षका लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ । मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडा, सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र निर्देशक प्रणयरत्न स्थापितले फोन सार्वजनिक गर्नुभएको हो । ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइस भएको कम्पनीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.