एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक

असार २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक

काठमाडौं । एनसेलले ‘बिज सधैं अन’ नयाँ योजना सार्वजनिक गरेको छ । यो सेवा सुरु गरेपछि अनावश्यकरुपमा मोबाइलको ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवा अर्को महिनामा थपिएर आउने र महिनाभरि सुविधा पाइने एनसेलले जनाएको छ ।

उद्यमी तथा व्यवसायीलाई लक्षित गरेर एनसेलले सार्वजनिक गरेको यो योजनामा ४९९ देखि १९ सय ४९ सम्मका पाँचवटा प्लान छन् । यो प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि राखिएको जानकारी कम्पनीले दिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेन्टमा काम गर्ने कम्पनी हो भने मेरो लगानी एपले सेयरबजारको नाफा नोक्सान ट्रयाक गर्छ ।

४९९ को प्लानमा १७ जीबी डाटा, ६ सय मिनेट टक टाइम र ६ सयवटा एसएमएस प्राप्त गर्न सकिन्छ । त्यस्तै ६४९ को प्लानमा ३० जीबी डाटा, अनलिमिटेड टक टाइम र ६ सय ५० वटा एसमएस पठाउन सकिन्छ ।

यसैगरी ९९९ को प्याकमा ६० जीबी डाटा, अनलिमिटेड टक टाइम र १ हजार एसएमएस पठाउन सकिन्छ । योभन्दा बढी सेवा लिनुपर्नेहरुले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान लिन सकिने एनसेलले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.